१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘विद्यार्थी संगठन पार्टीकाे हाेइन, शैक्षिक आन्दाेलनकाे हुनुपर्छ’

प्रकाशित मिति :  २९ श्रावण २०८०, सोमबार ०३:१५


-प्रकाश जैशी-

बिद्यार्थी संगठन र बिद्यार्थी आन्दोलन प्रति विद्यार्थीहरुको आकर्षक पहिले जुन थियो अहिले त्यो छैन । किनभने पहिले विद्यार्थी आन्दोलनको दिशानिर्देश र कामकारबाही प्रति स्पष्ट खाका र आन्दोलनको लक्ष्य प्राप्ति प्रती विद्यार्थी संगठनको आफुलाई समर्पित गर्ने गर्थे । तर, आजको बिद्यार्थी आन्दोलनको न खाका छ न कुनै कार्यदिशा नै पार्टीबाट आदेश आयो आन्दोलन भयो ।

बिद्यार्थी संगठन सँग वार्षिक रुपमा नेपालका बिद्यार्थी कति बाहिर गए र कति पैसा देश बाहिरियाे त्यसकाे तथ्यांक हुनुपर्छ र त्यहिँ अनुसार विद्यार्थी संगठनले युवा तथा विद्यार्थी विदेश पलायनलाई निर्मुल पार्ने निती लिनु पर्ने हाे । तर याे कुरा बिद्यार्थी संगठन सँग छैन । यसकाे मुख्य कारण विद्यार्थी संगठनहरु विद्यार्थीप्रति जिम्मेवार बन्न नसक्नु हाे ।

कुनै बिद्यार्थी संगठनको माथिल्लाे उच्च पदमा वा जिम्मेवारीमा पुग्न दशकाैं लाग्ने रहेछ । कसैकाे विशेषताकाे र क्षमताकाे मुल्यांकनले भन्दा पनि माथिल्ला पदस्थकाे गुमाली गर्न सक्ने, पार्टी र संगठनको दास बन्न सक्ने,पार्टी पंक्तिले गलत गर्दा सहि भन्न सक्नेकाे हालिमुहालि हुने रहेछ । पार्टी पंक्तिले त्यस्तै व्यति वा नेतालाई हेरेर संगठनको जिम्मेवारी सुम्पिने चलन अहिलेकाे राजनीतिक परिदृश्यमा व्यापक चलेकाे छ ।

विश्वविद्यालय भित्रको बेथिति के छ ? विश्वविद्यलयकाे बेथिति र कमजाेरीलाई बिद्यार्थी संघ,संगठन र अनेरास्ववियुले कुन रुपमा हेर्‍याे ?

हिजो व्यवस्था परिवर्तनको लागि जन्मिएको बिद्यार्थी आन्दोलन आजसम्म आई पुग्दा बिद्यार्थी संगठनमा लागेकाहरुको अवस्था परिवर्तनमा मात्र प्रयाेग भएकाे देखियाे । समाजको विकृति सामाजिक असमानता र जनजिवनको आर्थिक शैक्षिक परिवर्तन अगाडि ल्याउन सक्ने बिद्यार्थी आन्दोलनबाट जन्मेका नेताहरु उल्टो पार्टीको झाेला बाेक्न पुगे भन्दा फरक नपर्ला तर बिद्यार्थी आन्दोलनबाट केही पनि भएन चाहिँ भन्न सकिन्न ।

विद्यार्थी आन्दाेलले परिवर्तकाे बाढि ल्याएकाे कुरालाई त्यसै नकार्न चाहिँ सकिन्न । त्यसबाट विद्यार्थीले मात्र हाेइन देश र जनताले नै परिवर्तन पाएका हुन् । तत्कालिन विद्यार्थी आन्दाेलनलाई त्यसै नकार्न मिल्दैन ।

विद्यार्थी आन्दोलनकाे इतिहास

जब नेपाल एक पारिवारिक राज्य सत्ताकाे अध्नकार युगमा थियाे । राज्य सत्ताका सञ्चालनकर्ता नेपाली समाजलाई अन्धकारको अवस्था राखी रहन सधैं तत्पर थिए । तब नेपालमा शैक्षिक आन्दोलनको सुरु भयो । त्यो बिद्यार्थी आन्दोलनका सुरुवातकर्ता शहिद शुक्रराज, धर्ममाथ्यमा, गंगालाल र दशरथ चन्दले १९९७ सालमा सुरु गरेर नेपालमा सर्वसाधारण जनताका छोराछोरीले पनि शिक्षा, स्वास्थ जस्ता क्षेत्रमा ज्ञान हासिल गरेर आफ्नो आर्थिक,सामाजिक क्षेत्र उकास्न पाउनु पर्छ भन्ने आन्दाेलनकाे सुरुवात थियाे ।

विभिन्न कालखण्डमा आफुलाई समय सापेक्ष समाज रुपान्तरणका लागि अग्रपंक्तिमा राख्दै समाजको विकृतीका विरुद्धमा बोल्दै आफुलाई स्थापित गर्दै देशलाई समय सापेक्ष आन्दोलनको महत्वपूर्ण भुमिका खेल्दै आएको थियो । अनेरास्ववियु कै इतिहासलाई केलाउदा अखिल शैक्षिक परिवर्तनकाे, समाज जागरण अभियानकाे, देशभक्तपुर्ण आन्दोलनकाे, न्यायिक आन्दोलनकाे र रचनात्मक आन्दोलनकाे स्पष्ट खाका सहितकाे अखिल थियो ।

विद्यार्थी आन्दोलनले देशमा भएका असमान सन्धि सम्झौताविरुद्ध आन्दोलनलाई हामी यसरी हेर्न सक्छौं । दिल्ली सम्झौता, कोशी सम्झौता, गण्डक सम्झौता, सुस्ता अतिक्रमण जस्ता घातक सम्झाैंताविरुद्धकाे आन्दोलनमा मात्र विद्यार्थी आन्दाेलन सक्रिय थिएन ।

खम्पा बिद्राेहविरुद्धकाे आन्दोलन, चिनसंगको विवाद र सहमति, कालापानी मार्च, सिमा सुरक्षा अभियान जस्ता थुप्रै आन्दोलनको भार बिद्यार्थी संगठन र अनेरास्ववियुले बोकेको थियो । त्यो इतिहास अहिले अखिलका लागि इतिहासमा मात्र सिमित र जिवित रहेको छ ।

बाटो बिराएको बिद्यार्थी संगठन

अहिलेको अवस्थासम्म आईपुदा विद्यार्थी संगठनका मुद्दा फेरिएका छ्न । हेर्दा उहीँ लाग्ने बिद्यार्थी संगठनहरुका स्वरुप अहिले बाहिर मात्र उस्तै र दुरुस्तै देखिन्छ । तर, भित्र बिद्यार्थी आन्दोलनको स्वरुप बदलिएको छ । खाेक्राे भइसकेकाे छ ।

आन्दोलनको स्वरुप र आन्दोलनका मुद्दा पनि फेरिएका छ्न । पहिले विद्यार्थी संगठनका मुद्दा शैक्षिक, समाजिक र देश प्रति रहने गर्थे तर अहिले आर्थिक पाटो सँग जोडिएको देखिन्छ ।

बिद्यार्थी संगठनको मुद्दा भन्दा बाहिरका मुद्दा बोकेर बिद्यार्थी संगठन र आन्दाेलन परिमार्जन गर्दै लैजानु पर्छ भन्ने र स्याल हुइँया चलाउनेले नै बिद्यार्थी संगठनको औचित्यलाई दिशाहिन र बिद्यार्थी संगठन माथी वितृष्णा पैदा गरेकाे स्पष्ट देखिन्छ ।

साँच्चिकै बिद्यार्थी आन्दोलनको परिमार्जन गर्ने हो भने बिद्यार्थी संगठनलाई पार्टीगत भन्दा पर राख्न सक्नु पर्छ । अनेरास्ववियुकाे इतिहासमा नेपालभरका विद्यार्थी गाेलबद्ध भएकाे एक मात्र विद्यार्थी संगठन थियाे । जब पार्टीकाे विद्यार्थी संगठन भयाे तव टुक्रिएर अन्य पार्टीका संघ र संगठनमा विभाजित बन्याे । पार्टी भन्दा पर रहेर विद्यार्थी संगठन फेरि एक हुन जरुरी छ । विद्यार्थी आन्दाेलनलाई अबकाे युगमा साँच्चै अन्जाम दिने हाे भने तत्कालिन समय झैं एक विद्यार्थी संगठन र एक अनेरास्ववियुले विद्यार्थी आन्दाेलनकाे नेतृत्व गर्न जरुरी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !