३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बैंक सञ्‍चालकसहित ६ जना अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति :  २६ फाल्गुन २०७७, बुधबार ०६:५६


काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालकसहित ६ जनालाई पक्रेकाे छ ।

राेयलका सञ्चालक छविराम अधिकारीसहित ६ जनालाई मंगलबार नियन्त्रणमा लिइएकाे अख्तियारले जनाएकाे छ । सार्वजनिक सम्पत्ति हानी नाेक्सानी गरेकाे अभियाेगमा मुद्दा लागेका अधिकारीसहित राेयलका अर्का सञ्चालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवी प्रसाद भेटवाल र रविन लामा पक्राउ परेका हुन् ।

तीमध्याे भेटवाल पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक हुन् । भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।

पक्राउ परेकाहरूमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै ४० कराेड बढीकाे विगो दावीसहित मंगलबार विशेष अदालतमा ११ वटा मुद्दा दायर भएको थियो । उनीहरुलाई मंगलबार नै विशेष अदालत काठमाडाैंमा पेस गरिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !