चीनमा भूकम्प: १ सय ११ जनाको ज्यान गयो
प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ०३:४०
काठमाडौं । चीनको उत्तर पश्चिमी क्षेत्र गान्सु प्रान्तमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
स्थानीय समय अनुसार सोमबार राति ११ः५९ बजे चीनको उत्तर पश्चिमी क्षेत्र गान्सु प्रान्तमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पमा परी १ सय ११ जनाको ज्यान गएको र २ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण सबैभन्दा धेरै क्षति काउन्टि, डियाओजी र कीघंइमा भएको छ ।
भूकम्पमा परेकाहरूको उद्धार कार्य जारी रहेको चिनियाँ सञ्चार माध्यमले लेखेका छन् ।
0
Shares