घट्याे सुन चाँदीकाे मूल्य
प्रकाशित मिति : 4 February, 2024 6:16 am
काठमाडाैं । आज आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार नाै सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय पचास रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार तीन सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार चार सय पन्ध्र रुपैयाँमा कारोबार भएको थियो।
0
Shares











