१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारमा एकीकृत समाजवादी पनि सहभागी

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०९:५६


काठमाडौं । नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ ।

सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो ।

नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने जनाइएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !