१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा

प्रकाशित मिति :  २६ फाल्गुन २०८०, शनिबार ०५:०५


काठमाडौं । बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् ।

यसपटक उहाँ चुनाव लड्ने छैनन् । सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हालेकि थिइन् ।

उहाँ २७ वर्षसम्म संसदको तल्लो सदन हाउस अफ कमन्सकी सदस्य भएकी थिइन् । थेरेसा मे अहिले ६७ वर्षकी भइन् । उहाँ सन् १९९७ देखि कन्जरभेटिभ पार्टीकी सांसद थिइन् र बर्कशायर सिटबाट सात पटक निर्वाचित भइन् । उहाँले जुन २०१६ मा भएको जनमतसंग्रह पछि संसद मार्फत ब्रेक्सिट सम्झौताका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

यो घोषणासँगै उहाँ आगामी चुनावमा भाग नलिने घोषणा गरेका कन्जरभेटिभ पार्टीका करिब ६० सांसदमा सामेल भइन् । पूर्व क्याबिनेट मन्त्रीहरू बेन वालेस, साजिद जाभिद, डोमिनिक राम र क्वासी क्वार्टेङले आगामी चुनावमा भाग नलिने घोषणा यसहघि नै गरिसकेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !