१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हरिवनका लोकप्रिय वडा अध्यक्ष शम्भु मैनालीलाई फसाउने चाल असफल, अदालतले दियो न्याय

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १५:१९


काठमाडौं । ‘सत्यको जित हुन्छ । असत्यको त कहाँ जित हुन्छ र म सत्य थिए अनि मेरो पक्षमा अदालतले फैसला सुनायो ।’ हरिवन वडा नंवर १० का वडा अध्यक्ष शम्भु मैनाली भन्नुहुन्छ ।

उहँलाई एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष मैनालीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा विशेष अदालत काठमाडौँले बुधबार अध्यक्ष मैनालीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको हो ।

वडा अध्यक्ष मैनाली भन्नुहुन्छ-‘कसैले समाजमा राम्रो काम गर्न खोज्यो भने सधै उ सम्मानित हुने र सधै उसकै पछाडी जनलहर लाग्ने हुदा विकास नचाहाने, अस्थिरता मात्र चाहानेहरुबाट मलाई फसाउने षडयन्त्र भयो । तर सबैको षडयन्त्र नराम्रो सँग असफल भयो । अन्तिममा सत्यको जित भयो ।’

‘अहिले हरिवन वडा नंवर १० हेर्नुस् हर क्षेत्रमा आगाडी छ । हरिवन नगरपालिकामा मात्र नभएर विकासको हिसावमा दुई नंवर प्रदेश भरिनै उत्कृष्ठ वडामा पर्छ , बाटोघाटो शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, लगायत यावत क्षेत्रमा हरिवन १० अगाडाी छ । हरिवन नगरपालिका वडा नंवर १० लाई अझ चम्किलो बनाउने, र सधै सम्भु मैनाली लोकप्रिय हुने भएर अनेक षडयन्त्र रचिएको हो । यसमा कुनै दुईमत छैन’-मैनाली भन्नुहुन्छ ।

शम्भु मैनाली हरिवन १० को वडा अध्यक्षमा अघिल्लो कार्यकाल पनि वडा अध्यक्ष हुनुहुन्न्थयो । उहाँ नेकपा एमाले वाट वडा अध्यक्ष बन्नुभएको हो ।

अघिल्लो कार्यकालमानै उहाँले हरिवन १० को विकासमा कायापलट गरेको पनि मानिसहरु बताउछन् । त्यही भएर उहाँलाई पुनः जिताएर पठाएको पनि बताउछन् ।

उहाँको वडामा पर्ने स्कुल देखि क्याम्पसको पठन पाठानमा पनि उल्लेखनिय रुपमा सुधार भएको स्कुल क्याम्पसको नतिजाबाट देख्न सकिन्छ ।

हरिवन १० निवासी खड्ग बहादुर घिमिरे भन्नुहुन्छ-‘शम्भु मैनाली आए देखि वडाका मानिसले विकास भएको अनि वडामा सरकार भएको चाल पाएका हुन् नत्र कहाँ यस्तो थियो र । साँचै भन्दा थिचोमिचोको पराकाष्ठ थियो । ‘

अर्का हरिवन १० निवासी टेक बहादुर बोगोटी पनि भन्नुहुन्छ-‘शम्भु मैनाली हाम्रो वडाको गर्व गर्न लायक मानिस हुनुहुन्छ, विकास प्रेमी हुनुहुन्छ । सत्यको जित भयो मैंले गौरवान्वित महसुस गरेको छु ।’

भौतिक विकास होस् या मानविय विकास होस् जे मा पनि सम्भू मैनाली अगाडी आउनुहुन्छ बोगाटी भन्नुहुन्छ उहाँ सस्कृति संरक्षमा पनि अगाडीनै हुनुहुन्छ । संस्कृति संरक्षणको अग्रपन्थिमा रहेर काम गरेको हामिले देखिराखेका छौ ।

फुर्तिला स्वाभावका मैनालीको अघिल्लो कार्यकाल वडा अध्यक्ष हुँदा तत्कालिन मेयर गणेश प्रसाईंलाई डिजिटल मेयर, विकास प्रेमी मेयर हुदै देशमै लोकप्रिय मेयर बनाउन उहाँको योगदान महत्वपूर्ण थियो ।

‘जसले विकास को सपना देख्छ, जसले विकासको पक्षमा उभिन्छ । जो जनताको काममा उभिन्छ । जो शिक्षाको पक्षमा उभिन्छ । जो युवाको पक्षमा उभिन्छ । जो किसानको पाक्षमा उभिन्छ । सम्झनुस म उसैको पक्षमा हुनेछु’-शम्भु मैनाली भन्नुहुन्छ ।

मैनाली अघिल्लो पटक वडा अध्यक्ष निर्वाचित हुँँदा विश्व माहामारी कोरोना भाईरसले आक्रान्त फैलाइरहँदा उहाँले वडा वासीलार्य पुर्यएको योगदान पनि अतुलनिय मानिन्छ । त्यतीवेला शम्भु मैनाली र तत्कालीन हरिनका मेयर गणेश प्रसाईंले हरिवनका जनातामाथि गरेको सेवा हरिवन वासिले गर्भ गर्न लायक थियो । स्मरण योग्य थियो ।

अब तपाईकाे योजना के छ भन्ने प्रश्नमा मैनाली भन्नुहुन्छ-‘अबको योजना के छ भन्दा पनि मैले के गरिराखेको छु हेर्न महत्वपूर्ण हुन्छ । मैले आफै सारिक भएर एक वर्ष वडा अध्यक्ष चालउन पाईन तर म नहुदाँ पनि मैले मेरो अभाव कहिल्यै पनि वडा वासिहरुलई दिइन् । मैले मेरै निगरानिमा वडा सञ्चालन गरिराखेको थिए । मेरो विचारमा वडा हिडाइराखेको थिए किनभने म ढुक्क थिए म फकिन्छु भनेर।’- वडा अध्यक्ष मैनाली भन्नुहुन्छ ।

वडामा आफू मात्र नभएर आफ्नो टिम पनि सक्षम र वलियो भएको वडा अध्यक्ष मैनाली दाबी गर्नुहुन्छ ।

वडाको सफलतामा आफ्नो टिमको पनि उल्लेखनिय योगदान भएको उहाँ बताउनुहुन्छ ।

चुनानमा हरिवन १० को सम्पूर्ण टिमनै एमालेबाट विजयी भएको थियो ।
अब वडा अध्यक्ष शम्भू मैनालीको यो कार्यकाल चलाउन मात्र तीन वर्ष बाँकी छ । उहाँ भन्नुहुन्छ-‘अब मेरो सम्पूर्ण तीन वर्ष मेरो वडाको विसकामा खचर्ने छु । सम्पूर्णं वडावासी र नगरवासीको सझा व्यक्तित्व भएर बस्नेछु । सम्पूर्ण वडावासिको अधिकारको लागि लड्नेछु । विकासमा विकासको पार्यवाची भएर काम गर्ने छु ।’

समग्रमा भन्दा सबै मानिसको साझा मानिस भएर बस्नेछु वडा अध्यक्ष सम्भु मैनाली भन्नुहुन्छ ।

उहाँलाई साविक हरिवन गाउँ विकास समिति वडा नम्बर २ (ग) हाल हरिवन नगरपालिका १० नयाँरोड बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गसँगै जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको आरोप थियो ।

मैनालीविरुद्ध अख्तियारले नौ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

तर अदालतले उहाँको पक्षमा फैसला सुनाए सँगै उहाँ निर्दाेष सावित हुनुभएको छ ।

मैनाली हरिवनमा मात्र नभएर मधेस प्रदेशमै लोकप्रिय व्यक्तित्व हुनुहुन्छ । मधेस प्रदेको एमालेका प्रभावसालि नेता मात्र नभएर मैनाली काम गरेकै आधारमा देशकै लोकप्रिय वडा अध्यक्ष समेत हुनुहुन्छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !