पीडित परिवारलाई लक्ष्मी लघुवित्तले दियो बिमा बापतको चार लाख रुपैयाँ
काठमाडौं । लक्ष्मी लघुबित्तले आफूले कवोल गरेको बिमा क्षतिपुर्तिवापतको चार लाख रुपैयाँ पिडित परिवारलाई दिएको छ ।
लक्ष्मी लघुवित्तको आई बी आर डी शाखाले पिडित परिवारलाई उक्त रकम बराबरको चेक दिएको हो । सो रकम शाखाका शाखा प्रमुख छवि न्यौपानेले हस्तानतरण गर्नु भएको थियो ।
आई बी आर डी शाखाकी सदस्य कमला देवी सार्कीको श्रीमानको असामायीक निधन भएपछि लक्ष्मी लघुवित्तको लि.को आई बी आर डी शाखाले कमला देबीलाई बिमा क्षतिपुर्ति बापतको चार लाख रुपैयाँ बराबरको चेक हस्तानतरण गरेको हो ।
उक्त चेक हस्तानतरण गरी शाखा प्रमुख छवि न्यौपानेले त्यहाँ उपस्थित सदस्य तथा अभिभावक हरुलाई वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम अनुरुप यस संस्थाले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरु लघुवित्त संस्थाको महत्व तथा आवश्यकता, संस्थाले प्रदान गर्ने लघुकर्जा, लघुबचत,लघु विमा मोबाईल एप्स, लगायत यस संस्थाका अन्य सेवाहरु , एकल बैंकिङ्ग र कर्जा तथा बचत कारोबरको लागि लक्ष्मी लघुवित्तनै किन छान्ने भन्ने जानकारी गराउनुका साथै कर्जाको सहि सदुपयोग गर्दा हुने फाइदा र कर्जाको दुरुपयोग गर्दा हुने असर सम्बन्धमा जानकारी गराइ कर्जा मिनाहा नहुने बारे स्पष्ट पार्नु भएको थियो ।











