२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओली सरकारतिरै ढल्क्यो जसपा

प्रकाशित मिति :  १० चैत्र २०७७, मंगलवार ०८:१८


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)केपी शर्मा ओली सरकारलाई नै समर्थन गर्ने पक्षमा उभिएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र जसपाका शीर्ष नेताबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सो वार्तामा जसपाले एमालेसँग सहकार्यका लागि तयारी अवस्थामा रहेको बताएको छ । तर यसका लागि आफूहरुका माग पूरा हुनुपर्ने जसपाले बताएको छ ।

जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार भेटवार्तामा क्रममा पुरानै मुद्दाका विषयमा छलफल भएको छ ।‘संविधान संशोधन, रेशम चौधरीको रिहाइ लगायत हाम्रा मागमा प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ, उहाँले माग पूरा गरिदिने पनि बताउनुभएको छ’ – कर्णले भन्नुभयो ।

माग पूरा हुनासाथ सत्ता साझेदारीका लागि एमालेसँग सहकार्य गर्ने कुरा आफूहरुले प्रधानमन्त्री समक्ष राखेको कर्णले बताउनुभयो । ‘हामीले प्रधानमन्त्रीलाई भनेका छौं – तपाईं काम गर्नुस्, समर्थनका लागि तयारी अवस्थामा छौं’– कर्णको भनाइ छ ।
कर्णसहित अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला लगायत नेताहरु बालुवाटार पुग्नुभएको थियो ।

यसअघि पनि प्रधानमन्त्री ओली र एमालेले बनाएको कार्यदलसँग जसपाका नेताहरुले विभिन्न चरणमा छलफल गरिसकेका छन् ।जसपाका एकथरी नेता एमालेसँग सहकार्य गर्न तयार छन् । तर बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत नेताहरुले भने सरकारसँग सहकार्य गर्न नसकिने बताउँदै आउनु भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !