राष्ट्रिय महाधिवेशन गर्दै सिके राउत
प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार ०५:२१
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चैत २८ गते राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
जनमत पार्टीले जनकपुरधामको बाह्रबिघा मैदानमा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनअघि चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरु सम्पन्न गरिने सो पार्टीले जनाएको छ । अधिवेशनका लागि अधिवेशनको लागि आफ्नै पार्टीको सुरक्षा दस्ता परिचालन गरिने पनि जनमत पार्टीले जनाएको छ ।
२८ गते हुने राष्ट्रिय महाधिवेशनमा देश तथा विदेशबाट समेत अथितिहरु सहभागी हुने बताइएको छ ।
0
Shares