२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हामी निरीह भएका छौं – प्रचण्ड

प्रकाशित मिति :  ११ चैत्र २०७७, बुधबार ०९:४८


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु निरीह हुन थालेको बताउनु भएको छ ।

काभ्रेको धुलिखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणमा बोल्दै प्रचण्डले सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि आफूहरु निरीह हुन थालेको बताउनुभयो ।

‘हामी फेरि निरीह हुन थालेका हौं की ? फेरि हेपिन थालेका हौं की, अलि बढि गर्‍याै तिमीहरुले भने परिणाम भोग्न तयार हौ भनेर धम्की पाे आउने होकी, तिमीहरु आदेश मान भन्ने हुन कि भन्ने लाग्न थालेको छ, म नेतृत्वमा भएकाले, मलाई बढि छटपटी भएको छ, पीडा भएको छ’– प्रचण्डको भनाइ छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । सर्वोच्चको सोे फैसलापछि आफूहरु ढुक्क हुने अवस्था नरहेको पनि प्रचण्डले दाबी गर्नुभयो । प्रचण्डले सो फैसला अस्वभाविक भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा पुर्नस्थापना हुँदासम्म जनताले एउटा ब्याटल जितेकै हो, तर सर्वोच्चको अर्को फैसला स्वाभाविक होइन, अस्वभाविक हो, यसमा हामी गम्भीर छौं, सतर्क छौं ।’

प्रतिनिधि सभा विघटन सार्वभौम जनताको अपहरण भएको र सो कदमविरुद्ध आफूहरुले सफलता प्राप्त गरेको प्रचण्डले दाबी गर्नुभयो । ‘अझैपनि खतराको कालो बादल मडारिरहेको छ, सर्वोच्चको पछिल्लो फैसलापछि भावी सन्ततीको भविष्य फेरि जोखिममा पारिएको हो कि भन्ने अनुभूति पनि भइरहेको छ, विचार गर्नुहोला’– प्रचण्डको भनाइ छ ।

स्थायीत्व र विकासका लागि एउटा बलियो कम्युनिष्ट पार्टी हुनुपर्छ भनेर आफूले नै एमालेसँग एकताको प्रस्ताव राखेको प्रचण्डले दाबी गर्नुभयो ।
संविधान बनेको कुरा एकथरी मानिसलाई मनै नपरेको पनि प्रचण्डले बताउनुभयो । संविधान बनाउन सामेल भएका मानिसहरु नै त्यसलाई कुनै न कुनै दिन कागजी खोस्टो बनाउन सकिन्छ भने षडयन्त्रका तानाबान बुन्न थालेका समेत प्रचण्डको आरोप छ । शान्ति सम्झाैतादेखि नै सो षडयन्त्र भएको प्रचण्डले बताउनुभयो ।

संविधान बनाउँदा, वामगठबन्धन बन्दा, चुनाव गराउँदा असफल पार्न के कस्ता कसरत भए भन्ने कुरालाई आफूले नजिकबाट नियालेको पनि प्रचण्डले बताउनुभयो । प्रतिगमनविरुद्ध आफूहरु अहिलेपनि संघर्ष र छलफलमा रहेको बताउनुभयो । देशको स्थिति नेपालीले जित्ने होकी होइन भन्ने अवस्थामा पुगेको प्रचण्डले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !