एमाले संसदीय दलको बैठक भोलि
प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार ०९:४६
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाउनु भएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमालेको महाधिवेशन, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने नेम्वाङले बताउनुभयो । आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय एमालेले गरिसकेको छ ।
माधव गुटले यसअघि बसेको संसदीय दलको बैठक बहिष्कार गरेको थियो । शुक्रबारको बैठकमा पनि सो गुट सहभागी हुने नहुने टुंगो छैन । माधव गुटमा रहेका भनिएका केही नेता भने यसअघिको बैठकमा सहभागी भएका थिए ।
0
Shares