३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौंका यी ठाउँमा दैनिक ६ घण्टा बत्ती नआउने

प्रकाशित मिति :  11 May, 2024 2:25 pm


काठमाडाैं । काठमाडौंका विभिन्न ठाउँमा आजदेखि जेठ ४ गतेसम्म दैनिक ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

आज शनिबारदेखि सोमबारसम्म काठमाडौंको हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ । विद्युतीय वितरण लाइन भूमिगत कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको सूचनामा उल्लेख छ ।

जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडर अन्तर्गतकाे विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएकाे छ । ती ठाउँमा बिहान ८ बजेदेखि दिउँसाे २ बजेसम्म विदयुत् सेवा अवरुद्ध हुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !