२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले संसदीय दलको बैठक आज

प्रकाशित मिति :  १३ चैत्र २०७७, शुक्रबार ०३:५०


काठमाडौं । आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

बैठक दिउँसो तीन बजेको लागि बोलाइएको नेकपा एमालेका मुख्यसचेतक विशाल भट्टराईले सनराइज खबरलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा तीनवटा विषयमा केन्द्रीत रहेर छलफल हुने उहाँले बताउनुभयो । संसदको चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नै छलफल बढी केन्द्रीत हुने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी विकास निर्माणका योजना बनाउने र प्रस्तुत गर्ने विषयमा सांस्दहरु कसरी लाग्ने र प्रस्तुत हुन भन्ने विषयमा पनि छलफल हुने भट्टराईले जानकारी दिनुभयो । संसदीय दललाई पनि अझ कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा समेत छलफल केन्द्रीत हुने उहाँले बताउनुभयो ।

पार्टी भित्रको माधव गुटले भने आजै बिहान ११ बजे आफ्ना गुटका केन्द्रीय सदस्यको बैठक बोलाएको छ । सो बैठक पछि संसदीय दलको बैठकमा जाने नजाने विषयमा उनीहरुले निर्णय गर्ने छन् ।

यस अघि बोलाइएको संसदीय दलको बैठकमा माधव नेपाल, झलनाथ खनाल लगाएका गुटका सांसद्हरु संसदीय दलको बैठकमा गएका छैनन् ।

पार्टी एकताको लागि भन्दै कुनै पनि बैठकमा नजानु भएका नेता बामदेव गौतम भने यस अघिको बैठकमा सहभागि हुनुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !