२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डलाई तत्काल सरकार त्याग्न माधवको दवाब

प्रकाशित मिति :  १३ चैत्र २०७७, शुक्रबार ०६:४७


काठमाडौं । तत्कालै सरकार त्याग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेता माधवकुमार नेपालले दवाब दिनुभएको छ ।

व्यापारी तथा ठेकेदार टपेन्द्र कार्कीको घरमा प्रचण्ड र माधवको आज बिहान भेट भएको हो । माधव निकट एक नेताले दिएको जानकारी अनुसार तत्कालै सरकार छाड्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन वाध्य पार्न माधवले दवाब दिनुभएको हो ।

आफ्नो गुटभित्र तिब्र विवाद उत्पन्न भएपछि आपतविपतमा पर्नुभएका एमाले नेता माधवले माओवादीले सरकार त्योगमा केपी ओली दवाबमा पर्ने र एमालेभित्र आफूहरुलाई सजिलो हुने भन्नुभएको छ । माधव निकट नेताको भनाई छ– ‘ओली सरकार ढाल्न जति ढिलाई हुन्छ, ओलीलाई विश्वासको मत लिन वाध्य पार्ने काम जति पर धकेलिन्छ, ओली त्यति बलियो हुन्छन् भन्ने माधव कमरेडको भनाई छ ।’

माधव गुटभित्र एमालेमै बस्ने कि प्रचण्डको पार्टीतिर लाग्ने भन्ने चर्काे विवाद भइरहेको छ । आज बस्ने संसदीय दलको बैठकमा सांसद्हरुलाई जानबाट रोक्ने प्रयास पनि जारी रहेको छ । प्रचण्डले ‘स्टेप’ नचाल्ने हो भने आफ्नो साथमा रहेका सांसद्हरु भटाभट एमालेमा जाने माधवको भनाई रहेको बुझिन्छ ।

‘माओवादी केन्द्रले सरकार छाड्नुपर्‍यो, यही भन्न माधवले भेट्नुभएको हो’– माधव निकट नेताहरुको भनाई छ ।

आफ्नो पक्षका ठूलो संख्याका सांसद्हरुले एमाले नछाड्ने भन्न थालेपछि माधव नेपाल समस्यामा पर्दै आउनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !