१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा चट्याङले १२ को ज्यान गयाे

प्रकाशित मिति :  17 May, 2024 4:43 pm


नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको ज्यान जानुकाे साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।

अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको ज्यान गएकाे स्रोतले जनाएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !