९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

प्रकाशित मिति :  २७ जेष्ठ २०८१, आईतवार ०९:१६


.

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारतकाे नयाँदिल्ली जाँदै हुनुहुन्छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड अपरान्ह त्यसतर्फ जान लाग्नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डकाे प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुने बताइएकाे छ ।

भारतीय जनता पार्टीका नेता मोदीले तेस्रो कार्यकालका लागि आज साँझ प्रधानमन्त्रीकाे शपथ लिनुहुने कार्यक्रम छ । आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्राैपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहलाई शपथग्रहण गराउने कार्यक्रम रहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तेस्राे पटक प्रधानमन्त्री नियुक्त भएपछि ०८० जेठ १७ गते भारत भ्रमणमा जानुभएका प्रचण्ड ठिक १ वर्षपछि माेदीकाे शपथ ग्रहणमा सरिक हुन भारत जान लाग्नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कनुहुने कार्यक्रम छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !