शुक्रबार चिनियाँ उपसभामुख बातेर सहितको गज्जवको ग्रुप नेपाल आउदै
काठमाडौं । शुक्रबार चिनियाँ उपसभामुख बातेर सहितको गज्जवको ग्रुप नेपाल आउने भएको छ ।
दुवै पक्षबाट उच्चस्तरीय भ्रमणको श्रृङ्खलाबद्ध रुपमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष समेत रहेका बातेर सहितको ग्रुप चारदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल आउने भएको हो ।
सीपीपीसीसी वेबसाइट अनुसार बातेर, २० औं सीपीसी केन्द्रीय समितिको सदस्य हुनुहुन्छ र १४ औं सीपीपीसीस राष्ट्रिय समितिको उपाध्यक्ष समेत हुनुहुन्छ ।
सीपीपीसीस चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष राजनीतिक सल्लाहकार निकाय हो ।
उहाँले उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
४८ जना भन्दा भन्दा बढी चिनियाँ प्राध्यापक र विश्वविद्यालयका शिक्षक सम्मिलित प्रतिनिधिमण्डल पनि भ्रमणमा आउने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।