हजका क्रममा अत्याधिक गर्मीका कारण १४ जोर्डनका नागरिकको ज्यान गयो
प्रकाशित मिति : ३ असार २०८१, सोमबार १४:४८
काठमाडौं । साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण १४ जोर्डनका नागरिकको ज्यान गएको छ ।
जोर्डनको विदेश मन्त्रालयले १४ नागरिकको अत्यधिक गर्मीका कारण ज्यान गएको र १७ जना बेपत्ता भएको बताएको छ । बेपत्ताभएकाहरूको खोजी कार्य जारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जोर्डनको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ ज्यान गएकाहरुको परिवारको इच्छा अनुसार शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग बार्ता भइरहेको छ ।
हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिइरहेका छन् ।
यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ, जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरै अनुष्ठानहरू मानिसहरू, विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भएको छ ।
0
Shares