माधव नेपाल र भीम रावल पार्टी सदस्यबाट निलम्बन
प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ११:५५
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेकाे छ ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले माधव गुटका दुबै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेकाे हाे । स्राेतअनुसार अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको पत्र उहाँहरुलाई पठाउनुभएकाे हाे ।
गुटगत भेला लगायत पार्टी हित विपरित काम गरेपछि नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग एमाले स्पष्टिकरण सोधेको थियो । साे स्पष्टिकरणकाे जवाफमा नेपाल र रावलले उल्टै स्पष्टिकरण साेध्नुभएकाे थियाे ।
0
Shares