९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीननेपाल मैत्री औद्योगिक पार्क नबन्दा स्थानियमा पर्ने पाँच प्रमुख असरहरु

प्रकाशित मिति :  ४ असार २०८१, मंगलवार १९:००


काठमाडौं । नेपालकै ठूलो र दक्षिण एसियाकै नमुना हुने भनिएको चीन नेपाल मैत्री औद्योगिक पार्कको निर्माण विदेशी शक्तिहरुको चर्को दबाबका कारण प्रधानमन्त्री प्रचण्ड अनि लगानी वोर्डका सीईओ शुसिल भट्टले खुट्टा कमाउदा अहिले रोकिएको छ ।

सो पार्क बन्न रोकिदा झापामा मात्र नभएर समग्र देशलाई नै नराम्रो असर परिरहेको छ । हजारौं नेपाली युवा अनि विद्यार्थी अबसरको खोजिमा विभिन्न देश जानु र नेपालमै एसियाकै नमुना पार्क बन्न लाग्दा रोकिनु यो पक्कै पनि समग्र नेपालीहरुकै लागि खुसीको कुरा भने होइन ।

झन् झापाका स्थानियले उक्त पार्कको लागि जग्गा समेत दिएका थिए । त्यो पनि सुलभ दरमा । आफ्नो क्षेत्रमा विकास आउने निश्चित भएपछि खुसी हुँदै स्थानियले जग्गा दिएका थिए । तर स्थानियको खुसी पनि धेरै बेर टिकेन किनभने सरकारले खुट्टा कमाउदा चीन नेपाल मैत्री औद्योगिक पार्कको निमार्ण अन्तिम चरणमा आएर रोकियो ।

लगानी वोर्डको अध्यक्ष सरकार हुन्छ, अहिले लागानी वोर्डको सीईओमा सुशिल भट्ट हुनुहुन्छ । यी दुबैले खुट्टा कमाउदा निमार्णको अन्तिम चरणमा पुगेको प्रोजेक्ट रोकिएको छ ।

हो सरकारको यही कमजोरीका कारण झापाका स्थनियले धेरै समस्यहरु खेप्नु परेको छ ।

स्थानियले खेप्नु परेको पाँच प्रमुख समस्याहरु यस्ता छन् :–

समस्या नंवर एक :– आर्थिक अबसरहरुको अभाव

हो झापाका स्थानियहरुले औद्योगिक पार्कले रोजगार र व्यवसायका अबसरहरु सिर्जना गर्ने आपेक्षा गरेका थिए । तर त्यहाँ पार्क नबन्दा रोजगार र व्यवसायका अबसरहरु बन्द भए । जसले गर्दा मानिसहरु वेरोजगार बस्नुपर्यो । पार्क बन्दा स्थानियलाई प्राप्त हुने रोजगारीको अबसरबाट टाढा बस्नु पर्यो । जसले गर्दा स्थानियमा आर्थिक अबसरहरुको अभाव भयो ।

समस्या नंवर दुई :– विकासमा असर

औद्योगिक पार्क भन्ने वित्तिकै विकासका कुराहरु सँग जोडिन्छ । झापामा औद्योगक पार्क वनिरहदा त्यसो फाईदा समग्र देशलाई पुग्छ भने विकासको प्रत्यक्ष अनुभूति झापाका जनताले बढी गर्छन् । पार्कमा वनिरहेको पूर्वाधारहरुले अबस्य पनि विकासमा योगदान गर्छ । त्यसैले पार्क निर्माण नहुँदा स्थानिय क्षेत्रको विकासमा ढिलाई भएको छ , जसले गर्दा स्थानिय जनतामा निरास उत्पन्न भएको छ ।

समस्या नंवर तीन :– भूमिको संरचनामा प्रभाव
जुन जमिन औद्योगिक पार्कको लागि छुट्याइएको हो त्यो जमिनमा अन्य केही पनि नहुने हुँदा त्यसले स्थानिय कृषकमा ठूलो समस्या ल्याउँछ । खेती गरिरहेको जमिन औद्योगिक पार्क वन्छ भनेर सुलभ मुल्यमा दिएका जनताले अहिले सो जमिनमा केही पनि नभएछि प्रयोगविन हुँदा स्थानिय पुरै निरास हुनु परेको छ । शिलान्यास भईसकेको जमिनमा अन्य परियोजना समेत बस्न नपाउँदा समुदाय अनि कृषकमा नकारात्मक असर परिरहेको छ ।

समस्या नंवर चार :– राजनीतिक निराश
सफलता पूर्वक चीन नेपाल मैत्री औद्योगिक पार्कको सफल निर्माणमा राजनीतिको पनि महत्वपूर्ण भूमिका हुने भएकाले उक्त पार्क निमार्ण नहुँदा राम्रो सच्चा राजनीतिज्ञ माथि पनि आम स्थानिय जनातामा निराश उत्पन्न हुन सक्छ । राम्रोको लागि पहल गर्ने परिपक्क नेताहरु समेत निराश हुनुपर्ने हुँदा यसले समग्रा राजनीतिलाईनै पुरै असर गरिरहेको हुन्छ । जसको फाइदा स्थानियमा विभिन्न भ्रम छर्ने नेताहरुले लिन सक्ने छन् । अन्तत यसको असर स्थानिय जनताईनै पर्ने हुन्छ । त्यसैले पार्क नबन्दा पुरै राजनीतिक निरास उत्पन्न हुन्छ ।

समस्या नंवर पाँच अर्थात अन्तिम सम्स्या :– भविष्यका परियोजनाहरुमा अवरोध

सरकारले यस प्रकारको आयोजना निमार्णमा खुट्टा कमाउाँ भविष्यमा पर्ने असरहरुको वारेमा बुझन् पनि सरकारलाई जरुरी थियो । यस्ता ठूला आयोजनाहरुमा खुट्टा कमाउँदा भविष्यमा यही ठाँउमा यस्तै प्रकारको आयोजना नबन्ने निश्चित देखिन्छ । चीन नेपाल मैत्री औद्योगिक पार्क जस्ता ठूला परियोजनाहरु सफल नहुँदा भविष्यमा अन्य औद्योगिक विकास परियोजनाहरुको लागि लगानी कर्ताको विस्वासमा कमी आउँने निश्चित देखिन्छ । यसको प्रत्यक्ष असर पनि स्थानिय जनता झापा वासीहरुलाई नै बढी हुन्छ ।

समग्रमा भन्दा यस्तै परिपाटीले गर्दा नेपालमा विकासका आयोजनाहरु नहुँने र कसैले कसैलाई विस्वास गर्ने अबस्था नआउने हुन्छ । त्यसैको परिणामनै भन्नुपर्छ जनतालई मात्र नभएर संसदलाई पनि लगेको छ देशको लगानी भित्र्याउने प्रशासन ठिक छैन । केही दिन अघिमात्र प्रतिनिधि सभामा संसद प्रेस सुवालले भन्नुभएको थियो लगानी वोर्ड वन्द गरौं ।

साच्चै यस्ता आयोजनाहरुमो लगानी रोक्ने लगानी वोर्ड वन्दा हुँदा चाही के नै असर पर्छ र ?

त्यसैले चीन नेपाल औद्योगिक पार्क निमार्णमा सक्रिय भएर सरकार उभिनुको विकल्प हुदैन ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !