नेपालमा बीआरआई लागु हुँदा सूरुमै बन्छन् यी नौ परियोजना
काठमाडौं । बीआरआई विलकुल चिनियाँ परियोजना हो । यसमा कुनै दुईमत छैन । यो चीनको राष्ट्रपति सी जीनपीङको ड्रिम प्रोजेक्ट हो । यो परियोजना केवल चीनमा मात्र सिमित हुने छैन । यो परियोजनाले धेरै देशहरुलाई समेटेको छ । बीआरआई एशिया, युरोप र अफ्रिकालाई जोड्ने महापरियोजना हाे । अझ भनौ भने यस्तो परियोजना नेपाल जस्तो भु परिवेष्ठित मुलुकको लागि बरदान नै हुन्छ । किनभने बीआरआईको सञ्जालले धेरै देशहरु छोएको छ । जसले गर्दा नेपाल जस्तो भुपरिवेष्ठित मुलुकको लगि वीआरआई वरदान हुन्छ ।
नेपाल पनि बीआरआईको पहुँचमार्गमा पर्ने भएकोले विश्वका ठूला ठूला कम्पनीहरु प्रविधि र पुँजी लिएर आफै पछि नेपाल आउँछन् । यसले पनि नेपालको संवृद्धीलाई टेवा पुग्ने हुन्छ ।
तर नेपाल जस्तो भुपरिवेष्ठित मुलुकलाई अन्य मुलुकले विभिन्न वहाना बनाएर कव्जामा राख्न खोज्ने गरेको पाईन्छ । यसको उदाहरणको लगि के लिन सकिन्छ भने । भारतले नेपालको लागि गरेको नाकाबन्दी । यसरी नाकाबन्दी गरेर भएपनि भुपरिवेष्ठित मुलकुकलाई अन्य मुलुकले तह लगाउने गरेको पाईन्छ ।
अहिले विश्वमा नेपाल जस्ता ४५ देशहरु भुपरिवेष्ठित छन् । अर्थात ४५ वटा देशले समुन्द्र छोएको छैन । उनिहरुले पनि नेपाल जस्तै भुपरिवेष्ठित भएकै कारण विभिन्न समस्याहरु झेलीरहेका छन् अहिले जन नेपालले भोग्नु परेको छ ।
नेपालको समथर भु भाग भारत सँग जाेडिएकाे छ । त्यसै कारणाले गर्दा पनि नेपालमा भारतिय बजारकाे साराज्य वढी छ । अर्थात अहिलेको परिवेक्षमा भन्नुपर्दा नेपाल धेरै चिजमा भारतमा निर्भर रहनुपर्ने हुन्छ ।
तर वीआरआई नेपालमा भित्रदा, वीआरआईको काम नेपालमा सम्पन्न हुँदा नेपालले भारत को मात्र होइन चीनको समेत भर नपर्दा हुने स्थिति आउछ । अर्थात वीआरआई चीनको योजना भएपनि वीआरआईको योजना भनेर जुन नेपालले चीनलाई पठाएको छ । त्यो सम्पन्न हुना साथ नेपालले चीनको पनि भर नपरि स्वत्रन्त्र अरु तेस्रो देश सँग व्यापार गर्न सक्छ । अन्य देशबाट नेपाल भित्रने समानहरु अहिलेको भन्दा सुलभ मूल्यमा नेपालमा आईपुग्छ । नेपालले निर्यात गर्ने वस्तु पनि सुलभ मूल्यमा अरु देश पुग्छ । त्यसै कारण पनि वीआरआई नेपालको लागि अतिनै आवाश्यक चिज हो ।
अब हेरौं वीआरआईको लागि नेपालले चीनलाई पठाएका नौ परियोजना
१)– केरुङ–काठमाडौं रेलमार्ग
२)– काठमाडौं टोखादेखि नुवाकोट विदुरसम्मको सडक
३)– रसुवागढी–काठमाडौं सडकको स्तरोन्नति
४)– दीपायलदेखि चीन सीमासम्म सडक
५)– गल्छी–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन
६)– ७६२ मेगावाटको तमोर जलविद्युत् परियोजना
७)– ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् परियोजना
८)– मदन भण्डारी प्राविधिक विश्वविद्यालय
९)– किमाथांका–हिले सडक निर्माण
यी एक देखि नौ सम्मको परियोजना बीआरआईबाट पुरा हुदाँ नेपालकाे पनि पक्कै आर्थिक बृद्धिदर वढ्छ । व्यापार गर्नेलाई व्यापार गर्न सजिलो हुन्छ । उत्पादन भएको विद्युतले वजार पाउँछ । पढ्नेले विश्वविद्यालय पाउँछन् । लगाएत धेरै कुरा नेपालीहरुले पाउने हुन्छन् । तर यी सबै कुरा पाईराख्दा के हुन्छ भने नेपालमा अरु विदेशी शक्तिले भने खेल्न पाउने छैनन् । सोही कारण हुन सक्छ नेपालमा बीआरआई लागु हुन नदिनको लागि विदेशी शक्तहरु जोड सँग लागेका छन् ।
बीआरआई नेपालमा लागुहुँदा नेपाल आफैमा सम्पन्न हुने र नेपालमा विदेशी हस्तक्षेप वन्द हुने हुँदा यहाँ नेपालमा बीआरआईको कुनै पनि परियोजनाहरु सम्पन्न हुने नदिन खुलेरै विदेशी शक्तिहरु लागेको पाईन्छ ।
नेपाल अमेरिकालाई हर चिजमा च्यालेन्ज गरिरहेको चीनको छिमेकी देश हो । यस्तो अबस्थामा चीन सँग राजनीतिक हिसावले खेल्न अमेरिकाको लागि पनि नेपाल अपरिहार्य हुन सक्छ । त्यसको लागि अमेरिकाले पनि हर वल लगाएर चीनको परियोजना असफल पार्न लागेको बुझिएको छ ।
विदेशी शक्तिको चर्को दवाव र कसैको कुरा नसुनी बीआरआई कार्यानयनमा सरकार नलाग्नु नै नेपालमा बीआरआई कार्यानयन नहुनु प्रमुख कुरा हो भन्दा फरक पर्दैन ।