९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्री श्रेष्ठ इरानमा

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १०:२६


काठमाडाैं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरानकाे राजधानी तेहरान पुग्नुभएकाे छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आइतबार बिहान तेहरान पुग्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

एसिया सहयोग संवाद (एसिया को-अपरेसन डायलग एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै उहाँ शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे ।

इरानको राजधानी तेहरानमा  भाेलि असार १० गते साे बैठक आयाेजना हुँदैछ । परराष्ट्रमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

एसीडीमा नेपालसँगै चीन, भारत, बंगलादेश, अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन,  रुस, कतार, थाइल्याण्ड, इन्डोनेसिया, जापान, लगायत ३५ देश सदस्य छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्किनुहुने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !