९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

के नेपालको विकास एमसीसी अघि लाग्दा र बीआरआई पछि हुँदा रोकिएको हो?

प्रकाशित मिति :  ९ असार २०८१, आईतवार १८:४९


काठमाडौं । भारतको सुरक्षा दृष्टिकोणबाट नेपाल महत्वपूर्ण मानिन्छ । किनभने नेपाल भारतको लागि उत्तरी सुरक्षा सीमा हो । भने चीनको लागि पनि चीनको सुरक्षा दृष्टिकोणबाट नेपाल महत्वपूर्ण मानिन्छ । किनभने चीनको लागि पनि नेपाल दक्षिणि सुरक्षा सीमा हो ।

त्यसै कारणले पनि नेपाल दुबै देशको लागि अतिनै महत्वपूर्ण राष्ट्र हो ।

फेरि नेपाल सीमाको हिसावले मात्र पनि नभएर दुबै राष्ट्र सँग नेपालको गहिरो ऐतिहासिक अनि धार्मिक सम्बन्ध छ । यो सम्वन्धले पनि नेपाललाई दुबै राष्ट्र सँग सन्तुलन सम्वन्ध राख्न मद्धत पुग्दछ ।

नेपालको लागि नजिकको छिमेकी देश भनेको चीन अनि भारत मात्र हो । तर भारत अनि चीनको लागि नेपाल जस्ता छिमेकी मुलुक कैयन छन् । तर पनि उनीहरुको अनि तेस्रो मुलुकको नजरमा नेपाल एक महत्वपूर्ण देश सावित भएको छ । भारत र चीन दुबै देश विश्वको शक्ति राष्ट्र बन्ने लाइनमा छन् । नेपालमा पनि केही विकासको लहरहरु आईरहेको जो कोहीले देख्न सक्छौ ।

 

अहिले विश्व शक्ति राष्ट अमेकिरको पुरै प्रतिशपर्धि भनेको चीन हो । त्यसैले अमेरिका पुरै चीनको अग्रसारतालाई रोक्नको लागि पनि महिहत्य गरेर लागिपरेको छ । त्यसको लागि अमेरिकाले पनि नेपालको भूमीलाई रोजको हामी देख्न सक्छौ । अनुमान लगाउन सक्छौ ।

तर अमेरिकाले नेपालको भूमीमा राजनीति गर्नको लागि अहिले भारतको साहरा लिएको पनि हामि देख्न सक्छौ ।

भारतमा उच्च पदस्थत्व व्यक्तिहरुको बाक्लो भ्रमणले पनि भारत सँग अमेरिका नजिकिन चाहेको प्रश्ट हुन्छ । आफू नदेखिकन नेपालमा राजनीति गर्न अमेरिका माहिर छ । अमेरिकाको नेपालको लागि भनेको राजनीति स्वार्थको राजनीति हो भनेर नेपाली जनताले बुझ्न जरुरी रहेको छ ।

अहिले अमेरिकी सेना विभिन्न शैन्य अभ्यासको वहाना बनाएर नेपालमा भित्रने क्रम जारी छ । विभिन्न जिल्ला पुगर जिल्लाको अनुसन्धान गरिरहेको छ । तर यसमा सरकार अनि जिम्मेवार निकाय चुप छन् । किन चुप लागे भन्ने कुरा कि त सरकारलाई थाहाँ होला कि त तिनै जिम्मेवार निकायहरुलाई ।

अहिले नेपालको लागि अमेरिकाको ड्रिम प्रोजेक्ट एमसीसी पनि पारित भएर सञ्चालनको तयारीमा छ । हामिले देखिरहेका थियौ । एमसीसी सदनबाट पास हुदैनकी भनेर कतिपय नेताहरुको सदनमै रुवावासी भएको थियो ।
तर अहिले एमसीसीले नेपालको पुरै विकास रोकेको छ भनेर कसैलाई थाहाँ छैन । अहिले पहिलाका भन्दा वढी अमेरिकी सेना नेपालमा विभिन्न वहाना बनाएर वसिरहेका छन् भन्ने कुराको कसैले भ्यउ पाउन समेत सकेका छैनन् ।

एमसीसीले नेपालको विकास कसरी रोक्यो 
नेपालको लागि विकासको कडी भनेकै हाम्रो छिमेकी मुलुकको बीआरआई थियो । भुपरिवेष्ठित राष्ट्र भएकाले नेपालले वीआरआईकै माध्यमबाट धेरै विकास गर्न सक्थ्यो । तर नेपालले सम्झौता भइसकेको बीआरआईलाई निरन्तार्ता दिएर काममा ढाल्न नसक्दा नेपालको विकासमा व्रेक लागेको पाईन्छ ।

बीआरआईको सम्पूर्ण काम सकिदाँ नेपालमा विकासको कायापलट हुने र भूपरिवेष्ठित राष्ट्र भएपनि नेपाललाई भूपरिवेष्ठित भएर केही फरक नपर्ने हुदाँ विभिन्न शक्ति राष्ट्र मिलेर नेपालमा बीआरआई फेल गर्न लागेको बुझिन्छ । नेपालमा जति धेरै एमसीसीको चर्चा थियो । त्यसको चार भागमा एक भाग पनि बीआरआईको चर्चा थिएन । किनभने एमसीसी पास गराएर बीआरआई फेल गराउने काममा धेरै लागेका थिए ।
अर्को कुरा बीआरआई चीनको राष्ट्रपति सी चीनफिङको ड्रिम प्रोजेक्ट हो । यो सफल हुँदा चीनको सफलतालाई कसैले केही गरेपनि रोक्न नसक्ने स्थिति आँउन सक्छ । त्यही भएर पनि बीआरआईको परियोनालाई असफल बनाउन चीनको विपक्षमा उभिने राष्ट्रहरु खुलेआम लागेको हामि देख्न सक्छौ ।

अहिले अमेरिकाको प्रतिशपर्धा चीन सँग छ । भने चीनको प्रतिशपर्धा कोही सँग नभएर विकास सँग छ भन्ने कुराको उजागर चीनले कामबाटै गरिरहेको हामी देख्न सक्छौ ।

त्यसै कारण पनि सहजै अनुमान लगाउन सकिन्छ की अहिले चीनलाई अघि सर्नबाट रोक्न चीन विरोधी कित्तामा उभिएकाहरु लागि परेको हामी देख्न सक्छौ ।

त्यही भएर अहिले चीनको ड्रिम पोजेक्ट रोक्न बीआरआईलाई पछि पार्न अहिले एमसीसी जस्तो कुरा अमेरिकाले धेरै देसमा घुसाएको छ ।

चीनमा दिन दुईगुणा रात चौगुणाको गतिमा विकास भइरहेको छ । अहिले चीनको गतिमा विकास कसैले पनि गर्न सकेका छैनन् । त्यसैले चीनको ड्रिम प्रोजेक्ट नेपालआउदाँ यसले नेपालमाथि अन्य मुलुकको राजनीति वन्द हुँने हुँदा कैयन देहहरुले नेपालमा बीआरआईलाई असफल बनाउन लगेको पाईनछ ।
त्यसै कारण पनि सजिलै सँग भन्न सकिन्छ एमसीसीले नेपालको हुन थालेको विकास पनि रोक्यो ।

चीन नेपाल मैत्री औद्योगिक पार्क पनि रोकियो 

अहिले नेपालमा वनिसकेको चीन नेपाल मैत्री औद्योगिक पार्क पनि रोकिएको छ । यो रोकिनुको कारण चाँही अलि अचम्म लाग्दो छ । झापामा औद्योगीक पार्क वन्दा भारतमा सुरक्षा खतमा पर्छ भन्ने कारणले यसको निमार्णमा रोक लागेको छ ।

तर भारतले खुलैर नभने पनि भारत निकट धेरै मानिसहरुको तर्क यो पार्क वन्न दिनुहुदैन भन्ने थियो ।
तर भारतको धेरै सहरमा चीनको लगानीमा ठूला– ठूला औद्योगिक पार्क बनेका छन् । भारतको राजधानी दिल्लीमा पनि चीनको लगानीका औद्योगिक पार्क नवनेका भने होइनन् तर नेपालमा पार्क वन्दा सुरक्षामा खतरा हुने तर भारतमै चीनको लगानीमा पार्क वन्दा सुरक्षामा केही फरक नपर्ने यो अचम्म लाग्दो कुरा हो ।

तर यसको वहाना वनाएर चीनको लगानीको कुनै पनि आयोजना वन्न नदिने छिमेकी राष्ट्रको रणनीति हो भन्दा फरक पर्दैन ।

देशकै ठूलो र एसियाकै नमूना औद्योगिक पार्क बन्दा नेपालमा धेरैले रोजगारी पाउने आयात हटेर निर्यातमा नेपाल जाने हुँदा त्यस्तो परियोजना पनि अहिले नेपालमा असफल जस्तै परिएको छ ।

सरकारमा बसेकाले पनि खुट्टा कमाउँदा यो परियोजना रोकिएको हो भनेर धेरैले अनुमान लगाएका छन ।

नेपालको अस्थिर राजनीतिको फाइदा उठाएर विभिन्न देश नेपालको विकास अनि संवृद्धि रोक्न लागि परेको पाईन्छ ।

नेपालले तथस्तथाको नीतिलाई आत्मासाथ गरेर दुवै देशमा सन्तुलन सम्वन्ध बनाउन नसक्दा नेपालको विकास अनि संवृद्धि रोकिएको पाईन्छ । यही अनुरुप नेपाल चल्न नसक्दा नेपालको आन्तरीक राजनीतिमा अमेरिकाको हावी भएको पाईन्छ ।

त्यसैकारण हुन सक्छ नेपालको विकास एमसीसी अघि लाग्दा र बीआरआई पछि हुँदा रोकिएको हो भनेर ।


0
Shares

प्रतिक्रिया दिनुहोस !