नेपाल आइपुग्याे लुमिन ईभी
प्रकाशित मिति : १० असार २०८१, सोमबार १२:०४
काठमाडौं । लुमिन ईभीलाई एमएडब्लू वृद्धि मोटोकर्पले लुमिन मिनी ईभी नेपाल ल्याएको छ ।
कम्पनीले यसअघि नै यसको अधिकतम खुद्रा बिक्री मूल्य २१ लाख ९९ हजार रुपैयाँ भनेर प्रकाशित गरेको थियो ।
याे इभी भन्सार प्रयोजनको लागि प्रकाशित भएको मूल्यभन्दा पनि सस्तोमा बिक्री हुने अनुमान चलिरहेको छ । यसको आधिकारीक बिक्री भने आगामी भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२४ बाट हुनेछ ।
0
Shares