नेपाल भ्रमण सकेर चिनियाँ उपविदेशमन्त्री सुन स्वदेश फिर्ता
काठमाडाैं । चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच स्वदेश फर्किनुभएकाे छ ।
नेपालकाे ३ दिने भ्रमण पूरा गरी उपविदेशमन्त्री सुन बुधबार दिउँसाे स्वदेश फर्किनुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सहसचिव तथा पूर्वोत्तर एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गर्नुभयाे ।
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन चिनियाँ उपविदेशमन्त्री सुन साेमबार काठमाडाैं आइपुग्नुभएकाे थियाे । उहाँले साेही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएकाे थियाे ।
चिनियाँ उपविदेशमन्त्री सुन मंगलबार नेपाल-चीन (सचिवस्तरीय) कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुनुभएकाे थियाे । उहाँले आज बुधबार राष्ट्रपति रामचन्द्र पाैडेल र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएकाे थियाे ।