रिलायन्स स्पिनिङ मिल्सको आइपिओ स्वीकृत
प्रकाशित मिति : १२ असार २०८१, बुधबार १८:०७
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको आइपिओ स्वीकृत गरेको छ ।
सर्वसाधारणको लागि छुट्याएकोे ११ लाख ५५ हजार ९६० कित्ता शेयर बोर्डले स्वीकृत गरेको हो ।
यो भनेको कुल संख्याको ६० प्रतिशत हो ।
सेयर किन्न चाहाँने लगानी कर्ताले एक कित्ता बराबर आठ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने छ ।
0
Shares