८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी-२० विश्वकप : अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा

प्रकाशित मिति :  १३ असार २०८१, बिहीबार ११:१७


काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटकाे फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान भएकाे पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हाे । दक्षिण अफ्रिका पहिलाे पटक टी-२० विश्वकपकाे फाइनलमा पुगेकाे हाे ।

अफगानिस्तानले दिएकाे ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे । दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले २९ र कप्तान आइदेन मार्करमले २३ रन बनाए । ओपनर क्विन्टन डी कक भने ५ रनमा पभेलियन फर्किएका थिए ।

बलिङतर्फ अफगानिस्तानका लागि फजलहक फारुकीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे अफगानिस्तानले ११ ओभर ५ बलमा ५६ रन बनाउँदै अलआउट भयाे । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ तथा कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा आजै भारत र इंग्ल्याण्ड खेल्दैछन् । यी दुईकाे बिजेता टाेलीसँग दक्षिण अफ्रिका उपाधिका लागि भिड्ने छ । उपाधि भिडन्त शनिबार हुँदैछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !