इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्यो, ६ घाइते
प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १३:००
नयाँ दिल्ली । आज विहान परेको भीषण वर्षाका कारण भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ ।
टर्मिनल भवनको विम सहितको छानो सवारी साधनमाथि खस्दा ६ जना घाइते भएका भारतिय सञ्चार माध्ययमले जनाएको छ ।
अहिले उक्त टर्मिनलबाट हुने सबै उडनहरु स्थगित गरिएको छ भारति सञ्चारमाध्यमले जनाएको छ ।
0
Shares