९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण

प्रकाशित मिति :  १६ असार २०८१, आईतवार १२:०२


रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ ।

गाउँपालिकाको ५ प्रतिशत अनुदान सहयोगमा सो वडाका किसानलाई १३ वटा मिनिटिलर (जोत्ने हाते ट्याक्टर) वितरण गरिएको छ । त्यसै गरी तीनवटा धान झार्ने थ्रेसर मेसिन, चारवटा पिसानी मिल, पाँच वटा मकै छडाउने मेसिन पनि किसानलाई वितरण गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले किसानहरूलाई ती सामाग्री वितरण गरेका हुन् ।  कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तर्गत उपकरण वितरण गरिएको बताउँदै न्यौपानेले यसबाट किसानको श्रम कम हुन गई कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयाे ।

यसैगरी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सो वडाका किसान नारायणबहादुर थापा मगरलाई तरकारी खेतीको लागि हाइटेक प्रविधिको टनेल प्रदान गरिएको छ । टनेल निर्माणको लागि गाउँपालिकाले २ लाख रुपैँया आर्थिक सहयोग गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !