१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव

प्रकाशित मिति :  १६ असार २०८१, आईतवार १६:५३


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताउनु भएको छ ।
आइतबार नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताउनुभएको हो ।

उहाँले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत निकै तिव्र ढङ्गले बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो ,‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधीनता विश्वको ध्रुविकृत राजनीति र नेपालको भू–राजनीतिको कारणले निकै ठूलो दबावमा छ ।

हाम्रो देश स्रोत साधन र सुन्दरताले भरिपूर्ण छ । सुन्दरतामा सबैको आँखा पर्छ । सम्पूर्ण कूतत्वहरुको आँखा नेपालमा परिरहेको छ । स्रोत साधनलाई कब्जा गर्ने होडबाजी निकै तिव्र ढङ्गले बढेको छ । ’
उनले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने भन्दै समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
नेकपा एस दुईवटा पूर्वप्रधानमन्त्री भएको पहिलो पार्टी रहेको र ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी भएको उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !