पानी पर्यो, प्रदुषण घट्यो
प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार ०५:३५
काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भएको वर्षाको कारण प्रदुषणमा केही कमि आएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका तथा देशका विभिन्न भागमा वर्षा भएको छ । पश्चिमी वायु तथा बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा भएको महाशाखाले जनाएको छ ।
वर्षासँगै उपत्यकाको वायु प्रदूषण केही कम भएको महाशाखाले जनाएको छ ।
0
Shares