महोत्तरीमा गोली लागि एकजना घाइते
प्रकाशित मिति : 1 April, 2021 5:41 am
काठमाडौं । महोत्तरीको औरहीमा गोली लागेर एकना घाइते भएका छन् ।
गएराती गोली लागेर महोत्तरीको बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते हुनुभएको हो । गोली कसले चलायो भन्ने खुलेको छैन ।
मोटरसाइकलमा सवार ती युवालाई राती गोली हानिएको थियो । कोइरालाको हात र कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको प्रहरीले खोजी गरिरहेको छ ।
0
Shares












