१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनमा चिनियाँ पक्षले विष्णु रिमाल नेतृत्वको नेपाली भ्रमण टोलिलाई देखाएको आर्थिक सवलताका उदाहरणहरु

प्रकाशित मिति :  १९ असार २०८१, बुधबार १३:४१


काठमाडौं । चिनियाँ पँक्षले विष्णु रिमालको नेतृत्वमा चीन गएका नेपाली भ्रमण टोलीलाई आर्थिक सवलताका धेरै उदाहरणहरु देखाएको छ ।

भ्रमण टोलीमा सहभागी राष्ट्रीय युवा संघ नेपालका उपाध्यक्ष अमित लामाका अनुसार ।

चीनले आफ्नो र आफू सँग सीमाना जोडिएको भियतनामको उदाहरण दिँदै भनेको छ –‘१९८० भन्दा अघिको एक दशक हाम्रो र भियतनाम विच द्धन्द्धको अवस्था थियो तर १९८० को सम्झौता पछि भियतनामको र चीनको भाइचराको सम्वन्ध रहदै आएको छ यस पछि दुबै देशको आर्थिक अवस्था परिवर्तन गर्नको लागि चीनले सिमानामा पर्ने हेकु शहरमा नयाँ आधुनिक पक्की पुल, हुङ्गी पीलोट फ्रि टे«ड जोन र बहुआयामिक सेवा केन्द्रको स्थापन गरेर दुई देशको आवतजावतमा सुलभ गराए सँगै दुबै देशलाई अर्वौ अर्व रूपयाको वर्षेनि फाईदा हुदै आएको चिनियाँ पक्षले नेपाली पक्षलाई बताएको छ । ’

त्यसै गरि चिनियाँ पक्षले नेपाली टोलीलाई हुनान इनर्जी इन्भेस्टमेन्ट कम्पनीको भ्रमण गराउदै भनेको छ –‘ कम्पनीले २०२२ देखि अनुसन्धान र विकास,कृषि र उत्पादन,जडिबुटी संकलन र उत्पादन,परम्परागत पेशालाइ संरक्षण र आधुनिकीकरण,तालिम र अनुसन्धान,सुचना र भौतिक ब्यवस्थापन पक्षलाई ध्यान दिएर यो कम्पनीलाई जागरण केन्द्रको रूपमा विकास गर्दै आइरहेको छ । यो जागरण केन्द्रमा ३०० स्थानीयहरू काम गरि रहेका छन भने सयौंको संख्यामा चीन भरी अन्य देशवाट अनुसंधान कर्ता,विशेषज्ञहरू र प्रोफेसरहरूले विभिन्न क्षेत्रमा अस्थायी र स्थायी काम गरि रहेका छन् ।

यो इनर्जी केन्द्र सबै क्षेत्रमा काम गर्दै आइरहेको छ र यसले चीनको बजारले खपत गर्ने जडिबुटी जन्य औषधि टड प्रतिशत यो कम्पनीले निर्यात गरिरहेको कुरा चिनिया पक्षले भ्रमण टोलिलाई जानकारी दिएको छ । ’

त्यस्तै गरि अमित लामाका अनुसार चिनियाँ पक्षले नेपाली भ्रमण टोलिलाई यो क्षेत्रको विकासलाई कसरी सी.पी.सी ले नेतृत्व दिई रहेको छ यहाँका जनतालाई विकासमा कसरी जोडेको छ भन्ने विषयमा शानशुई मियायुन देशमा रहेको स्थानीय पार्टी कमिटी र जन प्रतिनिधिको कार्यलय भ्रमण टोलीले अवलोकन गरेको थियोे । यो कमिटीले कामलाई परिणाममुखी,प्रभावकारी र अर्थपूर्ण बनाउन तीन संयन्त्र निर्माण गरेको बताए 1=bIftf efficiency task 2, task 3=k|flKt  समय तालिका सहित पार्टीले पाँच उदेश्य अनिवार्य प्राप्त गर्नुपर्ने रैछ भनेर पनि देखाएको छ । ति पाँच उद्देश्यहरु निम्नानुसार छन् ।

१) आमूल परिवर्तनकारी शिक्षा
२)सामाजिक मुद्दाहरूको ब्यवस्थापन
३)खेतीपाती
४) सामाजिक सुरक्षा
५)सुशासन

यी पाँच विषयलाई प्राथमिकतामा राखेर ब्यक्तिलाई समूहमा विभाजन गरि समय तोकेर होटल,पर्यटन, मेडिसिन, निर्माण र योजना निर्माण जस्ता क्षेत्रमा पार्टीले काम दिने र बैज्ञानिक मुल्यांकन विधि समेत तयार गरेको कुरा स्थानीय पार्टी सचिव र जनप्रतिनिधिले भ्रमण टोलीलाई जानकारी गराएका थिए ।

चिनिया नेताहरूका अनुसार सी.पी.सी. का सर्वोच्च कमान्डर पार्टी महासचिव सी. जीङपीङले अगाडि सार्नु भएको र राष्ट्रिय जागरण र सुखी चिनियाँ – राष्ट्रिय आकांक्षालाई सफल पार्न सबै तहको पार्टी पंक्ति र जन प्रतिनिधि आधुनिक र सम्पन्न चीन निर्माण गर्न लागेको समेत चिनियाँ टोलीले नेपाली टोलीई जानकारी गराएको थियो ।

यसै गरि नेपाली भ्रमण टोलिले चीनको विभिन्न भूगोल पहाड,तराई क्षेत्रमा भइरहेको विकासलाई अवलोकन गरेको थियो ।

भ्रमण टोलीले प्रत्यक्ष १८ हजार जनालाई रोजगारी दिएको फ्लावर प्लान्टको समेत अवलोकन गरेको छ ।

उक्त टोली असार ११ गते चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो ।

उक्त टोलीमा एमाले उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, राष्ट्रीय युवा संघका उपाध्यक्ष अमित लामा लगाएत सहभागी हुनुहुन्थ्यो ।

चीनसंग सिमा जोडिएका चीनका छिमेकी देशहरू मध्ये भियतनाम चीनको प्रमुख एक छिमेकी देश हो ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !