१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

प्रकाशित मिति :  २२ असार २०८१, शनिबार ०८:४४


काठमाडौं । घरेलु टोली जर्मनीको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई २–१ को गोल अन्तरमा जित दिलाए ।

५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

उनले लामाइन यमलको पासको सदुपयोग गरे । तर, उक्त अग्रता स्पेनले बचाउन सकेन ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतरिक्त समयमा पु¥याएका थिए । उनले लेरोय सानेको पासको सदुपयोग गरे ।

तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए ।

अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । तर त्यसको फाइदा घरेलु टोलीले लिने अवसर नै पाएन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !