स्पेनले जित्यो युरो कप २०२४ को उपाधि
काठमाडौं । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ ।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।
फाइनल खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी सकाएका थियो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए ।
तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन । ७३औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए ।
तर, स्पेनले ८६औं मिनेटमा २–१ को अग्रता बनायो । काइल वाकरलाई बिट गर्दै मार्क कुकुरेलाले दिएको पासमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलउँदै उपाधि रक्षा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयाे ।
स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।
उता, इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो ।
इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन ।