९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सूर्योदय वोमीले गर्याे आजदेखि एफपीओ निष्काशन तथा बिक्री खुल्ला

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार ०६:५८


काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०।३६ प्रतिशत र सर्वसाधारणको २९।६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !