के देव गुरुङले भने जस्तै बीआरआईको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड सरकार परिवर्तन भएको हो?
के देव गुरुङले भने जस्तै बीआरआईको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड सरकार परिवर्तन भएको हो?
काठमाडौं । हिजो एकाएक विहीबार काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा माओवादी नेता देव गुरुङले भन्नुभयो–‘ बीआरआईको प्रक्रिया अगाडि बढाएपछि सरकार परिवर्तन भयो ’ नेपालमा सरकार परिवर्तन हुनु कुनै नौलो कुरा भने होइन । तर माओवादी नेता देव गुरुङले भने झैं नेपालमा बीआरआईको प्रक्रिया अगाडि बढेकै बेला सरकार परिवर्तन भएको हो त भन्ने विषय अहिले रोचक बनेको छ । माओवादी सरकारबाट बाहिरिएको पीडा पाेखेकाे हुन सक्ने धरैले आंकलन गरेका छन् ।
सन् २०१७ सालमा सम्झौता भएको बीआरआई अहिले सम्म कार्यानयनमा नआउनु आफैमा समग्र नेपालीको लागि दुःखको कुरा हो भन्दा फरक पर्दैन । पटक पटक सरकारमा गएको माओवदी पार्टीले अहिले सम्म बीआरआईको बारेमा सम्झौता पछि केही नगरेको पाईएको छ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले भन्नुभएको थियो–‘तत्काल बीआरआई कार्यानयन हुदैन ’ उहाँ प्रधानमन्त्री भएको वेला यसो भन्नु र उहाँ प्रधानमन्त्रीबाट बाहिरिएपछि उहाँको विश्वास पात्र देव गुरुङले यसो भन्नु पक्कै पनि विश्वास गर्न लाएक कुरा भने होइन ।
धेरैले देव गुरुङको भनाईलाई सरकारबाट वाहिरिनुको पिडा पाेखेका हुन भनेर भनेका छन् ।
जादू नै गरेर सरकारमा टिकिरहन्छु भन्ने पुष्पकमल दाहाल अर्थात माओवादी पार्टीले सरकार छोड्नु पर्दाको पीडा दर्साएको बुझ्न सकिन्छ ।
चुनावमा कसैको बैशाखी टेक्ने । अनि केही सीट ल्याएर रमिता देखाउने माओवादी पार्टी अर्थात पुष्पकमल दाहाल प्रचण्ड सरकारमा जादा यो सरकारले केही गतिले काम गर्दैन भन्ने धेरैले आंकलन गरिरहेका थिए ।
देशले एमाले कांग्रेस मिल्दा मात्र न्याय पाउँछ
जति वेला देशमा निर्णक डिसिजन गर्नु पर्छ त्यतिवेल नेपालमा एमाले कांग्रेस एक ठाँउमा उभिएर राष्ट्र हितको पक्षमा लागेको एमाले कांग्रेस सँग इतिहास छ ।
पछिल्लो समयलाई हेर्दा पनि देशमा माओवादी पार्टी देशकै ठूलो पार्टी भएको वेला समेत संविधान ल्याउन नसेको कुरा जग जाहेरै छ । पुष्पकमल दाहाल प्रचण्ड होस् या बाबुराम भट्टारई प्रधानमन्त्री भएको बेला होस् नेपालले संविधान ल्याउन सकेको थिएन । तर जव एमाले कांग्रेस मिले तल नेपालमा संविधान आयो । अर्थात नेपालले न्याय पायो ।
त्यस पछि माओवादी पार्टी नेपालमा खिइदै गइरहेको छ । कहिले एमालेको बैशाखी टेकेर होस् या कहिले कांग्रेसको बैशाखी टेकेर होस् माओवादी पार्टीले जेन तेन सास फेरिरहेको छ । तर जेन तेन सास फेरेको माओवादी पार्टीको अगुवाइमा नेपालमा बीआरआई कार्यानयनमा हस्ताक्षर होला भन्नु भनेको कल्पना वाहिरको कुरा हो ।
अब के होला?
अहिले नेपालमा नेपालको ठूला पार्टी कांग्रेस एमालेको सरकार बनेको छ । अर्थात वलियो सरकार बनेको छ । अनि त्यसमध्य पनि बलियो व्यक्ति प्रधानमन्त्री बन्नुभएको छ ।
एमाले कांग्रेस एक हुँदा देशमा धेरै पटक परिवर्तन भएको छ । अब अहिले पनि देशमा एमाले कांग्रेसको सरकार हुँदा नेपालको विकासको कडी बीआरआई कार्यानयनमा आउनेमा धेरै जनता आशावादी छन् ।
अहिले केपी ओलीको सरकार भनेको लगभग दुई तिहाइको सरकार हो । यो सरकारले ने देशको दिर्घकालिन विकास गर्नेछ भन्नेमा जनतामा आशा पलाएको पाईन्छ ।
त्यसै कारण अहिलेको सरकारले अर्थात केपी ओलीले बीआरआई कार्यानय गर्नुहुनेछ भन्नेमा कुनै शंका भने नरहेको पाइन्छ ।
सडक, सिचाँईं, रेल, बन्दरगाहा, कृषि, लगाएत मानविय तथा भौतिक विकासको कडी बीआरआई नेपालमा कार्यानयनमा अहिलेका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले भूमीका विषेश रहने छ ।