२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसीसी एसिया महिला कप क्रिकेटको फाइनल खेल आइतबार भारत र श्रीलङ्का बिच हुने

प्रकाशित मिति :  १२ श्रावण २०८१, शनिबार ११:३५


काठमाडौं ।  एसीसी एसिया महिला कप क्रिकेटको फाइनल खेल भारत र  श्रीलङ्काबिच हुने भएको छ ।

शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै आयोजक  श्रीलङ्का फाइनलमा पुगेपछि भारतसँगको फाइनल खेल पक्का भएको हो । पाकिस्तानले चार विकेटको क्षतिमा दिएको १ सय ४१ रनको चुनौती एक बल बाँकी हुँदा  श्रीलङ्काले सात विकेटको क्षतिमा पुरा गरेको हो ।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई १० विकटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

आयोजक श्रीलंका र भारतको फाइनल खेल आइतबार हुँदै छ । खेल आइतबार दिउँसो ३ः१५ बजे श्रीलङ्काको डम्बुला क्रिकेट मैदानमा हुने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !