आइतबार काठमाडौं उपत्यकाका स्थानीय तहमा शोक बिदा
प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार ११:४२

काठमाडौं । काठमाडौं उपत्यकाका स्थायी तहहरूमा आइतबार शोक बिदा दिइने भएको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने मेयर्स फोरमले निर्णय गरेको हो । फोरमले उपत्यकाभरका पालिकाहरूमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
नकर्मीको बिहीबार राति निधन भएको थियो । मिर्गौला रोगबाट पीडित नकर्मीको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
0
Shares