३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राम जन्मभूमिमा ६४१ प्रजातिका चरा

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ११:१०


काठमाडौं । भगवान रामचन्द्रको जन्मभूमि चितवन माडीमा ६ सय ४१ प्रजातिका चर रहेको पाइएको छ । ती मध्ये ३२ प्रजातिका चरा लोप हुने अवस्थमा पुग्न लागेको अध्ययनले देखाएको छ ।
माडीको परशुराम कुण्ड र सोमेश्वर क्षेत्रमा यी चराको बसोबास रहेको पाइएको छ । चरा अवलोकन गर्न पुगेका संरक्षणकर्मीले यस्तो तथ्य सार्वजनिक गरेका छन् ।

बर्ड एजुकेसन सोसाईटी चितवन र नेपाल वाइल्ड लाइफ फोटोग्राफी क्लबको आयोजनामा बिहिबारदेखि माडीका विभिन्न स्थानमा चराको अवलोकन गरिएको थियो । अवलोकन टोलीमा बर्ड एजुकेसन सोसाईटी चितवन र नेपाल वाइल्ड लाइफ फोटोग्राफी क्लबका २५ जना सहमागि छन् ।

टोलीले पहिलो दिन पाण्डव नगरबाट देउकी खोला हुँदै परशुराम कुण्डसम्म पुगेर चरा अवलोकन गरेको थियो । सो दिन ८६ प्रजातिका चराको अभिलेखीकरण गरिएको थियो ।

त्यस्तै दोश्रो दिन सोमेश्वर गढीबाट ९१ प्रजातिका चराहरुको अभिलेख रखिएको बर्ड एजुकेसन सोसाईटी चितवनले जनाएको छ । अवलोकनका क्रममा टोली ३२ प्रजातिका चराहरु लोप हुने अवस्थामा रहेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताएको छ ।

माडीका धार्मिक एवं पर्यटकीय स्थल सोमेश्वरगढी,गोद्दक क्षेत्रमा चराको बसोबास रहेकोले धार्मीकसँगै चरा पर्यटन पनि विकास गर्न सकिने अध्ययन टोलीको राय छ । बर्ड एजुकेशन सोसाइटी र नेपाल वाइल्ड लाइफ फोटो ग्राफर्सले नेपालका विभिन्न निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र तथा अन्य पर्यटकीय स्थलहरुमा पुगेर चराहरुको प्रजाति, अवस्था र बासस्थानको अध्ययन गर्दैं आइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !