भीम रावलको नेतृत्वमा बन्यो सुदूरपश्चिममा माधव गुट कमिटी
प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार ०८:२२
काठमाडौं । माधवकुमार नेपाल गुटले सुदूरपश्चिममा पनि समान्तर कमिटी बनाएको छ ।
मंगलबार सम्पन्न प्रदेशस्तरीय गुटभेलाबाट प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा समेत समान्तर कमिटी बनाएको स्रोतले बताएको छ । नेकपा एमालेका निलम्बित नेता भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी निर्माण गरिएको हो ।
यद्यपी, दार्चुलामा भने पार्टीले कमिटी बनाएको छैन । भेलाले कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशीको नेतृत्वमा गुटको समान्तर कमिटी बनाएको हो ।
बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।
गुटको समान्तर कमिटीको विस्तारित स्वरूप पत्रकार सम्मेलन मार्फत दिइएको छ ।
0
Shares