मौद्रिक नीतिले सेयर बजारमा हरियाली, लाग्यो दोस्रो सर्किट ब्रेक
प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार ११:३९
काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आज दोस्रो सर्किट ब्रेक लागेको छ ।
बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो ।
२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
0
Shares