८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिए, निर्देशन मंगलबार

प्रकाशित मिति :  १३ श्रावण २०८१, आईतवार १८:१८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिएका छन् ।

आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिएको र आवश्यक निर्देशन भने मंगलबार दिने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे,‘अहिलेको वर्तमान मन्त्रालयको अवस्था कस्तो छ र आगामी रणनीति के हो त ? त्यो बुझ्नका लागि प्रधानमन्त्रीज्यूले आज सबै मन्त्री र सचिवहरुलाई बोलाउनु भएको थियो । सबै मन्त्रालयको ब्रिफिङ सुन्नुभयो । र त्यसको निर्देशन चाँही मंगलबार दिनुहुन्छ ।’

उहाँले मन्त्रालयहरुले आफ्ना समस्या, ऐन,र भावी रणनीति के हुने भन्ने कुराहरु राखेको पनि जानकारी दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !