अब एउदै व्यक्तिले दुईवटा सम्म लघुवित्तबाट कर्जा लिन पाउने
प्रकाशित मिति : 29 July, 2024 11:42 am
काठमाडौं । अब एउटै ऋणी अथवा व्यक्तिले दुईवटा सम्म लघुवित्तबाट कर्जा लिन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी दुईवटासम्म लघुवित्तले एउटै ऋणीलाई कर्जा दिन पाउने व्यवस्था गरेको हो।
यसरी कर्जा दिँदा राष्ट्र बैंकको तोकेको सीमाभन्दा धेरै हुन नहुने केन्द्रिय बैंकले भनेको छ ।
यो भन्दा अघि एउटा व्यक्तिले एउटा सम्ममात्र लघुवित्तबाट कर्जा लिन पाउने व्यवस्था थियो ।
0
Shares











