८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्न चीन तयार छ : राजदूत सोङ

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १७:३४


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासमा सक्दो सहयोग गर्न चीन तयार रहेको प्रतिवद्धता जनाउनुभएकाे छ ।

मंगलबार चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यी सुधारका उपायले चीन र नेपाललाई हिमाल पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ ।’

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँं केन्द्रीय समितिको तेस्रोे बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको पनि बताउनुभयाे ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ । नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ । बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !