सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १८:०१
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिनुभएको छ ।
आज विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएकोमा उहाँले विश्वासको मत फेस नगरी राजीनामा दिनुभएको हो । सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको हो ।
उहाँले प्रदेश सभा बैठकमा मार्ग प्रशस्त गरेको घोषणा गर्नुभएको थियो । प्रदेश सभामा राजीनामाको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुग्नु भएको छ ।
0
Shares