२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजदूत भन्दैमा मनपरी बोल्ने

प्रकाशित मिति :  १९ श्रावण २०८१, शनिबार १६:३६


–विकास अधिकारी –

काठमाडौं । ११ महिना अघि नेपालका लागि चिनियाँ राजदूतले एक कार्यक्रममा भन्नुभएको थियो–‘नेपालले भारत भन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्न सक्छ ।’
त्यति बेला राजदूत छन् सोङले भन्नुभएको कुरा मनासिक नै थियो । किनभने भारतको भन्दा चीनले आर्थिक समृद्धि राम्रैसँग हासिल गरेको छ । नेपालले चीनबाट आर्थिक समृद्धिका कुराहरु सिकेर व्यवहारमा उर्तादा राम्रो नै होला ।

तर अहिले बस दुर्घटना र जहाज दुर्घटना भएर देश पुरै शोकमा डुवेको बेला नेपालले बोलाएर आएको हाम्रो छिमेमी राष्ट्र भारतको गोताखोर टिमले वेपत्ता वस तथा यात्रुहरुको खोजीकार्य जारी गर्दैगर्दा चुम्मक हराएको विषयलाई यसरी मजाकमा टिप्पणि गर्नु भनेको त्यो अस्वभाविक नै हो । र अझै भन्नु पर्दा त्यो अमानविय पनि हो । किनभने यो विषय मानविय समवेदना सँग जोडिन्छ ।

नेपालको लागि भारत र चीन दुवै बराबरी छिमेकी राष्ट्र हुन् । नेपालले कसैलाई काखा र कसैलाई पाखा कहिल्यै गर्नु हुँदैन । दुबै राष्ट्रलाई बराबरी व्यवहार गर्नु पर्छ ।
दुबै राष्ट्रबाट राम्रा कुराहरु सिक्नु पर्छ । हरेक कुराहरुको फिल्टर गरेर राम्रा कुरा छानेर लिने र नराम्रा कुराको बहिष्कार गर्न नेपालले सक्नुपर्छ । छिमेकी धनी हुदाँ, छिमेकीले आर्थिक समृद्धि हासिल गर्दा कसरी गरेको छ हेरेर सिक्नुपर्छ ।

भारतले पनि आर्थिक क्रान्ती निरन्तर गरिरहेको छ भने चीनले त झन अमेरिकालाई नै उछिनी सक्यो । यस्तो अबस्थामा राजदूत छन् सोङले भनेझैं नेपालले ‘चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्न सक्छ’ भनेर भनेको कुरा मनसिक नै हो । राम्रै मान्नु पर्छ ।
तर नेपाल पुरै सोकमा डुवेको बेला चिनियाँ राजदूत छन् सा्ेङले भन्नुभएको ‘त्यसो भए चुम्बक खोज’ यस्तो अस्वाभाविक कुरा अत्यन्त अमानविय नै हो ।

उहाँले सिमलताल दुर्घटनामा हराएका बस र यात्रुको खोजीमा सहयोग गर्न नेपालको आग्रहमा आएका भारतीय गोताखोरले प्रयोग गरेको चुम्बक हराएको
विषयलाई लिएर अत्यन्तै गैर जिम्मेवार तरिकाबाट टिप्पणि गर्नु भएको थियो ।

उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको थियो ‘त्यसो भए चुम्बक खोज’ ।

उक्त सिमलतालको बस दुर्घटना पछि नेपाल पुरै शोकमा डुवेको छ ।
नेपालमा उक्त बस दुर्घटनाको घाउ सेलाउन नपाउँदै फेरि जहाज दुर्घटना भएको थियो । यसरी पुरै देश शोकमा डुवेको बेला कुनै देशको राजदूतले यसो भन्नु भनेको त्यो अत्यन्तै गैर जिम्मेवार कुरा हो । त्यो पदिय मयर्दा विपरितको कुरा पनि हो ।

अहिले राजदूतको अभिव्यक्तिले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि प्रवेश पाएको छ ।

यसरी एउटा राजदूतले पदिय मर्यदा भन्दा बाहिर गएर अभिव्यक्ति दिनु समग्र नेपालीको लागि गम्भिर कुरा हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !