२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको चस्मामा शेख हसिना, अनि नेपालको राजनीति

प्रकाशित मिति :  २२ श्रावण २०८१, मंगलवार १६:५३


काठमाडौं । बंगलादेशमा अहिले जे भएको छ त्यो हुन्छ भनेर कसैले सोचेका थिएनन् ।

सर्व शक्तिमान बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिन्छन् भनेर त कसैले सोचेका थिएनन् भने झ्न देश नै छोडेर भाग्नु पर्ने स्थिति आउन सक्छ भनेर त झन् कसले सोचेको होला?

आन्दोलन अनि व्यक्तिको राजनीतिले कतिवेला कहाँ कोल्टे फेर्छ थाहा हुदैन भनेझै । वंगलादेशको अहिलेको आन्दोलन अनि बहालबाला प्रधानमन्त्री शेख हसिनाको राजनीति समाप्ती सो कुराको उल्लेख गर्छ ।

विश्वमै महिला प्रधानमन्त्री भएर धेरै वर्ष सम्म सत्ता हत्याउने कुरामा किर्तिमानी कायम राखेकी शेख हसिनालाई उनी सत्तामा टिकिराख्नको लागि उनको बुवाको योगदान ठूलो रहेको थियो ।

तर बुबा शेख मुजिबुर्रहमान मारिदा भग्यले बाचेकी हसिनाले बंगलादेशमा राम्रै विकास गरेकी थिइन । अर्थतन्त्रमापनि उनको योगदान ठूलै थियो ।

जुन प्रकृयाबाट प्रधानमन्त्रीमा टिकिरहेपनि उनले बंगलादेशलाई एक गतिशिल राष्ट्रको रुपमा उभाइरहेकी थिइन ।

तर विद्यार्थी आन्दोलनले गर्दा उनको यो हविगत हुन्छ भन्ने कुरा स्वयम् उनी आफैले पनि सोचेकी थिइनन् ।

अहिले हसिना बंगालादेशको प्रधानमन्त्री निवासबाट सोझै भारतमा सरण माग्न आइपुगेकी छिन् । करिव डेढ महिना अघि बंगलादेशको प्रधामन्त्रीको हैसियतमा भारतमा रातो कार्पेटको स्वागतमा पाएकी हसिना अहिले निरिह भएर भारत आउनु परेको छ ।

शेख हसिनाको लागि भारत त्यो भूमी हो जहाँबाट उनको राजनीति सुरु भएको थियो ।
उहाँको पिता शेख मुजिबुर्रहमानको हत्या भएपछि उहाँले उहाँको बंगलादेश फकिर्ने गरि राजनीतिको खाका भारतमै तयार भएको थियो ।

अब भारतमा बसेर भारतको चस्मामा हसिनाले बंगलदेश कस्तो देख्छिन त्यो भने पछि थाहाँ नै होला । तर हसिनाले भारतको चस्मा लगाएर बंगालदेश हेर्दा भारतको नजरमा हरियालीनै देख्छिन् ।

एक पटक भारतबाटै हसिनाले बंगलादेशमा राजनीति पनि पक्कै गर्नेछिन् । सके पछि आफै फकर्ने गरि राजनीति गर्नेछिन् भने नभए भारतको इसारामा भएपनि राजनीति गर्नेछिन् तर उहाँ चुपो लागेर भने पक्कै पनि बस्नेछैनन् ।

एक विद्यार्थी राजनीतिले एक राष्ट्र पिताको सर्वशक्तिमान छोरीलाई देश नै छोडेर भाग्न बाध्य वनाउछ भने । अब त्यसबाट नेपालको राजनीति गर्नेहरुले पनि पाठ सिकेर सचेर भएर जनताको काम गर्नु पर्छ भनेर बुझ्न जरुरी रहेको छ ।

श्रीलंका र वंगलादेश पनि नेपालको नजिकको छिमेकी राष्ट्र हो । त्यहाँँको राजनीति आन्दोलन र सरकार सञ्चालनले पनि नेपाललाई अबस्य पाठ सिकाउछ । किनभने भूगोल, सस्कार, भाषा, र छिमेकी देशहरु सबै उस्तै हुन् । तर नेपाल बंगलादेशको तुलनमा विकास कम भएको मुलुक पर्छ । रोजगारी र राम्रो शिक्षाको लागि हजारौं नेपली युवा विदेशिरहदा नेपालमा पनि अन्य राष्ट्रले खेलेर बंगलादेश नवनाउलान् भन्न सकिदैन ।

याद गरौं विश्वमा यस्ता खतरनाक मुलुक छन् जसलाई साना साना राज्यमा खेलेर राज्य टुक्राउदा मजा आउँछ ।

त्यस्तै राज्यको नेपाल पनि सिकार नबन्ला भन्न सकिन्न ।

पछिल्लो पटक भएको स्थानीय तहको निर्वाचन र संघिय निर्वाचन हेर्ने हो भनेपनि नेपालमा नयाँ व्यक्ति र नयाँ पार्टीको उदय भएको पाईन्छ । उनीहरुको उदय फेरी पुरान नेता तथा पार्टीहरुको गैरजिम्मेवार पनबाट भएको देख्न पाईन्छ ।

अस्थिर सरकार अनि बढ्दो निरासपनको कारण उनीहरुको उदय भएको पाइन्छ । तर जति पनि उदय भएका छन् उनीहरुले काम भने गरेको देखिदैन । तर पनि जनतामा उनीहरु प्रतिको विश्वास भने आजको दिन सम्म पनि राम्रो छ ।

यसले के सन्देश जान्छ भने पुराना दलहरु नसुध्रिए नेपालमा पनि विदेशी शक्तिले राम्रो सँग खेल्ने अबसर प्राप्त गर्नेछन् ।
अब शेख हसिनाले भारतको चस्मा लगाएर के के देख्नेछिन् भन्ने कुरा विस्तारै आउला ।

सरकारी जागिरमा कोटा प्रणालीको विद्यार्थी राजनीतिले पश्मिाको सर्पोट पाउँदा यति भयानक मोड लियो भने अब भारतको सर्पोट पाउँने शेख हसिनाले के गलिर्न ?
यो कुरा पनि अबस्य वाहिर आउँलानै ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !