११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

वन क्षेत्रका समस्या वन मन्त्रालयले नै समाधान गर्नेछ : मन्त्री शाही

प्रकाशित मिति :  २५ श्रावण २०८१, शुक्रबार १५:०४


काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा रहेका चुनौतीहरु सबै सरकार र वन मन्त्रालयले समाधान गर्ने बताउनुभएकाे छ ।

शुक्रबार वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद नीति कार्यक्रममा बोल्दै उनले वन अतिक्रमण बढ्दै गएकाले समाधान गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘वन क्षेत्रमा केही मुख्य चुनौतीहरु छन्, तीमध्ये वन अतिक्रमणको चुनौती बढ्दै गइरहेको छ । वन डढेलोको चुनौती बढ्दै गइरहेको छ । मानव र वन्यजन्तुबीच द्वन्द्वहरु बढ्दै गइरहेको छ । त्यसैले द्वन्द्व साथै चुनौतीहरुलाई क्रमश सरकार र वन तथा वातावरण मन्त्रालयले एउटा योजना नै बनाएर समाधान गर्ने प्रकृया अगाडि बढाइरहेको छ । ’

यस्तै उनले स्थानीय समूदायको सहभागितामा नेपालले जलवायु परिवर्तनको क्षेत्रमा उल्लेखनीय प्रगती गरेको बताए । उहाँले नेपालले वन क्षेत्र मात्रै नभइ अन्य पारस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राखेको दाबी गर्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !